जोकोभिक फ्रेन्च ओपनको अन्तिम आठमा
मंगलबार, जेठ २१, २०७६खेलपाटी संवाददाता

एजेन्सी । सर्बियाका नोभाक जोकोभिक फ्रेन्च ओपन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन् ।
पेरिसमा सोमबार भएको खेलमा जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिकले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।
विश्व नम्बर एक जोकोभिकले स्ट्रुफलाई ६-३,६-२ र ६-२ को सेटमा पराजित गरे । अब जोकोभिकले जर्मनीका एलेक्सजेन्डर जेभेरेभसंग खेल्नेछन् ।
योसंगै जोकोभिक लगातार १० बर्ष फ्रेन्च ओपनको क्वाटरफाइनल पुग्ने पहिलो खेलाडी बनेका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)








