काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको राष्ट्रिय टिम तयारीको बिशेष प्रशिक्षणमा ७ खेल थपिएको छ ।
पहिलो चरणमा ७ खेललाई सहभागी गराएको राष्ट्रिय खेलकुद परिषदले दोस्रो चरणमा थप ७ खेल थप गरेको हो । सोमबार थप गरिएको खेलमा तेक्वान्दो, कराँते, बक्सिङ, सुरु, पौडी, फेन्सीङ र गल्फ रहेको छ। यो संगै १४ खेलको बिशेष प्रशिक्षण सुरु भएको छ।
बिशेष प्रशिक्षणमा तेक्वान्दोबाट २३, कराँतेबाट २१, बक्सिङबाट १६ , उसुबाट २२, पौडीबाट १६, फेन्सीङबाट ६ र गल्फबाट ५ जना रहेका छन् ।
राखेपले सुरुवातमा स्क्वास, जुडो, भारोत्तोलन, पाराग्लाईडिङ, आर्चरी, सुटिङ र टेबलटेनिस खेलका खेलाडीको प्रशिक्षण सुरु गरेको थियो ।
सागको तयारी प्रशिक्षणमा आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समावेश गरिएको छ ।