एजेन्सी । विश्व नम्बर एक जापानकी नोआमी ओसाका फ्रेन्च ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन् ।
शनिबार भएको तेस्रो चरणमा बिनावारियताकी कट्रिना सिनियाकोभासंग पराजित भईन् । सिनियाकोभाले ओसाकालाई ६-४ र ६-२ को सेटमा पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरिन् ।
प्रतियोगिता अन्तर्गत नै साबिकको बिजेता सिमोना हालेपले अन्तिम १६ को यात्रा तय गरेकी छिन् । हालेपले युक्रेनकी लेसिया ट्सुरेन्कोलाई ६-२ र ६-१ को सेटमा हराईन् ।
पुरुषतर्फ नोभाक जोकोभिकले अन्तिम १६ को यात्रा तय गरेका छन् । विश्व नम्बर एक सर्बियन जोकोभिकले इटालीका सल्वाटोरे करुसोलाई ६-३,६-३ र ६-२ को सेटमा पराजित गरे ।