एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा शुक्रबार भएको तेस्रो चरणमा नर्वेका कास्पर रुडलाई पराजित गर्दै फेडेररले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
तेस्रो वरियताका फेडेररले रुडलाई ६-३,६-१ र ७-६ (१०-८) को सेटमा पराजित गरे ।
योसंगै ३७ वर्षीय फेडेरर सन् १९९१ पछि फ्रेन्च ओपनको अन्तिम १६ मा पुग्ने सर्वाधिक पाको खेलाडी बनेका छन् । यस्तै फेडेरर ४ सयौं ग्रान्डस्लाम खेल खेल्ने पहिलो खेलाडी बनेका छन् ।
प्रतियोगिता अन्तर्गत नै जापानका केई निशिकोरीले पनि चौंथो चरणमा स्थान बनाएका छन् ।