साविकको विजेता हालेप तेस्रो चरणमा
शुक्रबार, १७ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । साविकको विजेता सिमोना हालेप फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
पेरिसमा बिहिबार राति भएको दोस्रो चरणको खेलमा पोल्याण्डका माग्दा लिनेट्टेलाई पराजित गर्दै हालेपले तेस्रो चरणको यात्रा तय गरेकी हुन् ।
तेस्रो वरियताकी रोमानियाकी हालेपले लिनेट्टेलाई ६-४,५-७ र ६-३ को सेटमा पराजित गरिन् ।
यस्तै अमेरिकी खेलाडी सेरना विलियम्सले पनि तेस्रो चरणको यात्रा तय गरेकी छिन् । सेरेनाले जापानकी कुरुमी नारालाई ६-३ र ६-२ को सेटमा पराजित गरिन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


