एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा बुधबार राति भएको दोस्रो चरणमा जर्मनीका ओस्कार ओट्टीलाई पराजित गर्दै फेडेररले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
तेस्रो वरियताका फेडेररले ओट्टीलाई ६-४,६-३ र ६-४ को सोझो सेटमा पराजित गरे । तीन वर्षपछि फ्रेन्च ओपन खेलेका फेडेररले अब नर्वेका कास्पर रुडको सामना गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत नै जापानका केई निशिकोरी, ग्रिसका स्टेफानोस र फ्रान्सका जो विल्फ्राइड सोगाले पनि तेस्रो चरणमा स्थान बनाएका छन् ।
स्विस खेलाडी स्टान वावरिन्का र मारिन सिलिक भने दोस्रो चरणबाट बाहिरिएका छन् ।