जोकोभिक र नाडाल दोस्रो चरणमा
मंगलबार, १४ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । शीर्ष वरियताका नोभाक जोकोभिक र दोस्रो वरियताका राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा सोमबार सर्बियन जोकोभिकले पोल्याण्डका हुबर्ट हुर्काजलाई ६-४,६-२ र ६-२ को सेटमा पराजित गरे ।
यस्तै साविकको बिजेता स्पेनिस नाडालले जर्मनीका यान्निक हान्फमानलाई ६-२,६-१ र ६-३ को सेटमा पराजित गरे ।
महिलातर्फ बेलायतकी जोहन्ना कोन्टाले दोस्रो चरणमा स्थान बनाएकी छिन् । उनले जर्मनीका एन्टोनियो लोथरलाई ६-४ र ६-४ को सेटमा पराजित गरिन् ।
यस्तै सेरेना विलियम्सले पनि दोस्रो चरणमा स्थान बनाएकी छिन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


