एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
आइतबार भएको खेलमा इटालीका लोरेन्जो सोनेगोलाई ३-० को सोझो सेटमा पराजित गर्दै फेडेररले दोस्रो चरणमा स्थान बनाएको हो । ३७ बर्षीय फेडेररले लोरेन्जोमाथि ६-२,६-४ र ६-४ को सेटमा पराजित गरे ।
अब फेडेररले दोस्रो चरणमा जर्मनीका ओक्कार ओट्टेसंग खेल्ने छन् ।
२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले ४ बर्षपछि फ्रेन्च ओपन खेलेका हुन् ।
महिलातर्फ विम्बल्डन च्याम्पियन जर्मनीका एञ्जलिक केर्बेर बाहिरिएकी छिन् ।