एजेन्सी । चेक गणतन्त्रकी कारोलिना प्लिस्कोभाले इटालियन ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।
रोममा आइतबार भएको फाइनलमा ब्रिटिस खेलाडी जोहाना कोन्टालाई ६-३ र ६-४ को सेटमा पराजित गर्दै प्लिस्कोभाले उपाधि हात पारिन् ।
योसंगै प्लिस्कोभाले करियरको १३ औं उपाधि हात पारिन् ।
पुरुषतर्फको फाइनलमा साविकको विजेता राफायल नाडाल र विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकले प्रतिस्पर्धा गर्ने छन् ।