जोकोभिक सेमिफाइनलमा
शनिबार, ०४ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिक इटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रोममा शनिबार भएको क्वाटरफाइनलमा जुवान मार्टीन डेल पार्टोलाई पराजित गर्दै जोकोभिकले अन्तिम चारको यात्रा तय गरे । जोकोभिकले पार्टोलाई ४–६, ७–६ (८–६) र ६–४ को सेटमा पराजित गरे ।
अब जोकोभिकले फाइनल प्रवेशका लागि अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यानसंग खेल्नेछन् ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा राफायल नाडाल र स्टेफानोस स्टिपासबीच खेल हुनेछ ।








-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)

