काठमाडौं । अष्ट्रेलियामा जारी १८ औं विश्व र्याफ्टिङ च्याम्पियनसिपको पुरुष स्लालोम स्पर्धामा नेपालले १३ औं स्थान हासिल छ ।
क्वीन्सल्यान्डस्थित टाली नदीमा शनिबार १६ राष्ट्रमध्ये नेपाल १३ औं स्थानमा रहेको हो । स्लालोममा ब्राजिल पहिलो,रुस दोस्रो र चीन तेस्रो भयो ।
यसअघि नेपाल हेड टु हेडमा पनि चीनसंग पराजित भएको थियो । उक्त स्पर्धामा चीनले नै स्वर्ण जितेको थियो ।
यसअघि नेपालले स्प्रिन्टमा पाँचौ स्थान हासिल गरेको थियो । जुन नेपालको यो अहिले सम्मकै उत्कृष्ट नतिजा रहेको थियो ।
अब नेपालले आइतबार डाउनरिभरमा प्रतिस्पर्धा गर्नेछ।