काठमाडौं । नेपाल कम्युनिष्ट पाटी नेकपाको नेपाल खेलुकद महासंघको संयोजकमा पुरुषोत्तम पौडेल चयन भएका छन् । नेकपाको केन्द्रिय सचिवालय बैठकले खेलकुद विभागको नेतृत्वका पुर्वमन्त्री समेत रहेका पौडेललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
करिब एक बर्ष अघि पाटी एकताको औपचारिक घोषणा गरेको नेकपाले जनवर्गिय संगठनको एकता गर्न सकेको थिएन ।
तत्कालिन एमाले र माओवादी केन्द्रले भागबण्डाका आधारमा जनवर्गिय संगठनको नेतृत्व चयन गरेका छन् । सचिवालय बैठकले खेलकुद विभाग तत्कालिन एमालेलाई दिने निर्णय गरेको थियो । सोही अनुसार नेपाल खेलकुद महासंघमा पौडेलले संयोजकको जिम्मेवारी पाएका छन् ।
पौडेल यसअघि केपी ओली नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका थिए । खेलकुद विभागको जिम्मेवारी पाएका पौडेल पाटी भित्र माधव नेपाल समुहका रुपमा चिनिन्छन् । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा तत्कालिन पाटी नेतृत्वसंग उनको विवाद भएको थियो ।
त्यस्तै विभागको सह संयोजकको जिम्मेवारी तत्कालिन माओवादी केन्द्रको खेलकुद विभागको नेतृत्व गरेका शिव कोईरालाले पाएका छन् ।