काठमाडौं । काठमाडौं महानगरले काठमाडौंभित्रका ६ वटा ए डिभिजन फुटबल क्लबलाई सम्मान गरेको छ ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले ए डिभिजन क्लबहरु मनाङ्ग मस्याङ्गदी, शंकटा क्लब, हिमालयन शेर्पा, सरस्वती युवा, मछिन्द्र युथ र एनआरटिलाई सम्मान गरेका हुन् ।
राष्ट्रिय खेलकुदमा योगदान पु¥याएको भन्दै महानगरले फुटबल क्बललाई सम्मान गरेको हो ।
सोही कार्यक्रममा काठमाडौं महानगरले बी डिभिजनका फुटबल क्लबलाई प्रति क्लव ३ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।
काठमाडौंका ब्वाइज यूनियन, आरसिटि, टुसाल युवा, बाँसबारी र श्री कुमारी सहित ५ क्लवले अनुदान रकम पाएका छन् ।
त्यस्तै ७ सी डिभिजन क्लवलाई प्रति क्लब २ लाख रुपैयाँका दरले अनुदान रकम बितरण गरिएको छ ।
त्यसमा सानो गौचरण युवा, समाज कल्याण खेलकुद केन्द्र, प्लानिङ्ग ब्वाइज युनाइटेड, स्वयम्भु, सामाजिक युवा, महावीर र मनोहरा एकीकृत युवा क्लब रहेका छन् ।
महानगरले यसअघि काठमाडौका ६ वटा ए डिभिजन क्लवलाई जनही ९ लाख ३० हजार रुपैयाँ रकम प्रायोजन गरेको थियो ।
महानगरको सम्झौता अनुसारले क्लवले खेल्ने राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा महानगरको लोगो अंकित जर्सी, ट्र्याक, ट्राउजर, फुटबल व्याग लगाउनुपर्नेछ ।
सम्मान कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले खेलकुदमा धेरै लगानी आवश्यक पर्ने भएकाले फुटबल क्लबलाई सम्मान गरिएको बताए ।