काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कैलाली जिल्ला फुटबल संघका पुर्व अध्यक्ष प्रकाश विष्टलाई केन्द्रिय कार्यसमितिमा मनोनित गरेको छ ।
लामाे समय कैलाली जिल्ला फुटबल संघको नेतृत्वमा रहेका विष्टलाई एन्फाले कार्यसमिति सदस्यमा मनोनित गरेको हो ।
एन्फाको विधान अनुसार ९ जना सदस्य केन्द्रिय कार्यसमितिले मनोनित गर्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार विष्टलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको हो ।
एन्फाको पहिलो कार्यसमिति बैठकले सदस्य मनोनितको अधिकार अध्यक्ष कर्माछिरिङ शेर्पामा प्रत्यायोजन गरेको थियो । सोही निर्णय अनुसार अध्यक्ष शेर्पाले विष्टलाई सदस्यमा मनोनित गरेका हुन् ।
एन्फा प्रवक्ता किरण राईले एन्फाको अर्को कार्यसमिति बैठकले विष्टको निर्णयलाई अनुमोदन गर्ने खेलपाटीलाइ बताए ।
यसअघि एन्फाले रुपेश अधिकारी, दिपक राई, तपेश्वर राउत, निरज राउत र एलबी ज्वारचनलाई कार्यसमितिमा मनोनित गरिसकेको छ ।
एन्फा कार्यसमिति बैठकले तीन उपाध्यक्ष र ९ कार्यसमिति सदस्य मनोनित गर्न पाउने व्यवस्था छ ।