धनगढी । अरुण कुवँरको अध्यक्षतामा राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटी गठन गरिएको छ ।
पुर्व राष्ट्रीय कराते खेलाडी कुवँरको अध्यक्षतामा शनिबार २१ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो । संघको प्रथम उपाध्यक्षमा महेन्द्र सिहं ठकुरी, महासचिवमा हरि जोशी, सचिवमा विपिन कटुवाल रहेका छन् ।
यस्तै सदस्यहरुमा किशोर शाह,विराज रोस्यारा,हेमन्त रेग्मी,तिलक साउँद,गोविन्द बानिया,कविता शाही,अर्जुन जैगडी,छत्र रावल,पवन शाहु,नविन सिहं,कुबेर खड्का ,सुरेन्द्र बोहरा रहेका छन् ।