काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बैशाख २२ लाई एन्फा दिवशको रुपमा मनाउने भएको छ । संघको स्थापना दिनको सम्झनामा एन्फाले बैशाख २२ लाई एन्फा दिवश को रुपमा मनाउने निर्णय गरेको हो ।
‘एन्फाको स्थापना दिनको बिषयमा धेरै अन्यौलता रहदै आएको थियो । अब देखि बैशाख २२ लाई आधिकारिक स्थापना दिवसका अवसरमा मनाउने निर्णय भएको छ ।’ एन्फाका प्रवक्ता किरण राईले खेलपाटीसंग भने ।
गत बर्ष बैशाख २२ गते एन्फाको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । सोही दिन कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति आएको थियो ।
एन्फाले आफ्नो स्थापना दिवसका अवसर विभिन्न ११ वटा विधामा फुटबलर तथा फुटबलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने जनाएको छ ।
दिवसका अवसरमा एन्फाले पुरुष र महिला विधामा विशेष योगदान खेलाडी अवार्ड, बर्ष उत्कृष्ट प्रशिक्षक, बर्ष उत्कृष्ट जिल्ला, बर्ष उत्कृट फुटबल क्लब, अन्तराष्ट्रिय जगतमा खेल्ने उत्कृष्ट फुटबल खेलाडी, महिला र पुरुषको उदयमान खेलाडी, महिला र पुरुषको बर्ष उत्कृष्ट रेफ्री तथा लाईभ टाईम एच्युभमेन्ट अवार्ड रहेका छन् ।