काठमाडौं । नेपाली साईक्लिङ खेलाडी लक्ष्मी मगरले भारतमा भएको उत्तराखण्ड हिमालय एमटिबी च्यालेन्जको महिलातर्फको उपाधि जितेकी छिन् ।
भारतको उत्तराखण्डमा भएको ६५९ कि.मि.को साईक्लिङ दौडमा मगरले २४ घण्टा ३२ मिनेट १२.६५५ सेकेन्डमा पुरा गर्दै उपाधि जितेकी हुन् ।
लक्ष्मीले इन्डोनेसिया र थाईल्याण्डका खेलाडीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
दोश्रो स्थानमा रहेकी इन्डोनेसियाकी नोभियानले २४ घण्टा ३३ मिनेट १३.५६४ सेकेन्डको समय निकालिन् । थाईल्याण्डकी सुरत्तिया बुपाहाले २४ घण्टा ३४ मिनेट २४.५५० सेकेन्डसहित तेस्रो स्थान प्राप्त गरिन् ।
७ राष्ट्रका १२ खेलाडीहरुको सहभागिता रहेको प्रतिस्पर्धामा नेपाली अर्की खेलाडी उषा खनालले पनि प्रतिस्पर्धा गरेकी थिईन् । खनालले आठौं स्थानमा रहँदै दूरी पुरा गरेकी थिईन् ।