बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको स्वर्ण पदक एपीएफ क्लबले जितेको छ ।
बाँकेकाे खजुरामा बुधबार बिहान भएको फाइनलमा प्रदेश ३ लाई हराउँदै एपीएफले स्वर्ण जितेको हो ।
घरेलु खेलकुदमा महिला भलिबलमा एकछत्र राज गरेको एपीएफले सोही प्रर्दशन राष्ट्रिय खेलकुदमा समेत देखायो ।
एपीएफले प्रदेश ३ लाई सोझो सेटमा पराजित गर्न सफल भयो ।
एपीएफले २५–११, २५–१३ र २५–१९ को सेटकाे जित निकाल्न सफल भएको हो ।
बिहानै तेस्रो स्थानका लागि भएको खेलमा पुलिस विजयी बन्यो । पुलिसले गण्डकी प्रदेशलाई हराएको थियो ।