दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ ।
तुलसीपुरस्थित कर्भडहलमा पुलिस सर्वाधिक ९ स्वर्ण र १ रजतसहित १० पदक जित्दै टिम च्याम्पिएन बनेको हो ।
३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको आर्मीले उपविजेतामा चित्त बुझायो । ३ नम्बर प्रदेश २ स्वर्ण १ रजत र १ कांस्य पदकका साथ तेस्रो स्थानमा रह्यो ।
कराते अन्तर्गत मंगलबार पुरुष कुमुते ६० केजी तौलसमूहमा नेपाल पुलिस क्लबका राजिव पुडासैनीले स्वर्ण पदक हात पारे ।
त्यस्तै प्रदेश नं ४ का राजकुमार रसाइलीले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जगतसिंह घानुक र एपीएफका मोहन कार्कीले कांस्य पदक हात पारे ।
प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एनआरएनएको सहभागिता रहेको थियो ।