करातेमा दिवसलाई स्वर्ण
मंगलबार, बैशाख १०, २०७६खेलपाटी संवाददाता

नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय करातेको पुरुष ८४ केजीमुनि पुलिसका दिवस श्रेष्ठले स्वर्ण जितेका छन् । फाइनलमा दिवसले एपीएफका भीम तामाङलाई १३–५ ले पराजित गरे ।
पुरुष ७५ केजीमुनि प्रहरीका गंगाराम कुश्वाहाले प्रदेश ५ का उमेश गुरुङलाई ५–३ तथा ६७ केजीमा प्रदेश ४ का नविन रसाइलीले एपीएफका सुवास घतानेलाई ९–१ ले हराउदै स्वर्ण जिते ।
महिला ४८ केजीमुनि आर्मीकी सन्नी तामाङले प्रदेश ३ की निरुपमा तामाङलाई ७–२ तथा ६१ केजीमुनि प्रहरीकी एसतर राईले एपीएफकी मनीषा चौधरीलाई ३–२ ले पाखा लगाउदै पहिलो भए ।
महिला ५५ केजीमुनि प्रदेश १ की अस्मिता राईले स्वर्ण जितिन् । एपीएफकी सोनी राई विरुद्धको खेलमा अस्मिता ‘सेन्सुइ’ का आधारमा विजयी भइन् । निर्धारित समयको खेल ५–५ को बराबरीमा सकिएको थियो ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


