नेपालगंज । त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्समा टिम च्याम्पियन्स बनेको छ ।
दाङको तुलसीपुरस्थित बेलझुण्डीमा सम्पन्न एथ्लेटिक्समा आर्मीले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पार्दै टिम च्याम्पियन बनेको हो ।
त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको एपीएफ क्लब उपविजेता बन्यो । नेपाल पुलिसले ३ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ तेस्रो स्थान हासिल गर्यो ।
त्यस्तै ५ नं प्रदेश १ स्वर्ण, ८ रजत र ६ कास्य पदक हात पार्दै चौथो स्थान हासिल गर्न सफल भयो ।
महिला १८ र पुरुष १८गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङगो लागेको छ ।
प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो ।
फोटो फिचर :