सेपाकताक्रोमा आर्मीको 'क्लिन स्विप'
सोमबार, बैशाख ९, २०७६खेलपाटी संवाददाता
नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रो प्रतियोगितामा समावेश चारै स्पर्धाको उपाधिमाथि आर्मीले कब्जा जमाएको छ ।
बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित गर्यो । यसअघि आर्मीले महिला डबल्स तथा पुरुष/महिला रेगुको फाइनल जितेको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पुरुष/महिला दुवैमा आर्मी, प्रदेश १, ३, ४, ५ र ७ गरी छ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।







-1752754328.jpeg&w=3840&q=75)






-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)