दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४ गुणा १ सय मिटर रिले दौडमा आर्मीले पुरुष र महिलामा स्वर्ण पदक जितेको छ ।
दाङको बेलझुन्डीमा सोमबार पुरुषतर्फ आर्मीले ४३ दशमलब १९ सेकेण्डको समय निकाल्दै स्वर्ण जित्यो ।
निर्धारित दुरी ४३ दशमलब ४० सेकेण्डको समयसहित एपीएफले रजत जित्दा पुलिसले ४४ दशमलब ५५ सेकेण्डको समयसहित कास्य हात पारे ।
महिलातर्फ पनि आर्मीले स्वर्ण आफ्नो बनायो । आर्मीले निर्धारित दुरी ५० दशमलब ५६ सेकेण्डमा पुरा गर्यो ।
प्रदेश ५ ले ५१ दशमलब ६६ सेकेण्डको समय निकाल्दै रजत र ५३ दशमलब १२ सेकेण्डको समयसहित एपीएफले कास्य हात पार्यो ।