दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला ८ सय मिटर दौडमा आर्मीका सरस्वती भट्टराईले स्वर्ण जितेकी छिन् ।
दाङको बेलझुन्डीमा सोमबार निर्धारित दुरी २ मिनेट १६.०० सेकेण्डमा पुरा गर्दै सरस्वतीले स्वर्ण जितेकी हुन् । आर्मीकै सानुमाया कार्कीले रजत जित्दा एपीएफकी फुलमती रानाले कास्य जितिन् ।
सानुमायाले २ मिनेट १७.९४ सेकेण्डको समय निकालिन । फुलमतीले २ मिनेट १८.३८ सेकेण्डमा दौड पुरा गरिन् ।
पुरुषतर्फ आर्मीकै उमेश मर्स्याङ्दी मगरले स्वर्ण जित्न १ मिनेट ५७.५५ सेकेण्डको समय निकाले । दोस्रो भएका आर्मीका टंक कार्कीले १ मिनेट ५८.०५ सेकेण्डको समय निकाले ।
प्रदेश ३ का सुवास थापाले १ मिनेट ५८.५३ सेकेण्डको समयसहित कास्य हात पारे ।