नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १४ औं राष्ट्रिय उसुको पुरुष छाङ छ्वानमा आर्मीका विजय सिन्जालीले स्वर्ण जितेका छन् ।
स्वर्ण जित्ने क्रममा विजयले ९.१५ अंक जोडे । प्रदेश ३ का रविन तामाङले रजत तथा एपीएफका कृजो आले मगरले कांस्य जिते ।
सोही स्पर्धाको महिलामा आर्मीकी सुस्मिता तामाङ पहिलो भइन् । सुस्मिताले ८.९५ अंक जोडिन् । प्रदेश १ की पम्फा राई दोश्रो तथा एपीएफकी अस्मिता श्रेष्ठ तेश्रो भए ।