नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रोको महिला डबल्समा आर्मीले स्वर्ण जितेको छ ।
सोममाया थापा र सुमित्रा डंगोलको आर्मी जोडीले प्रदेश ३ का स्वस्तिका श्रेष्ठ र उषा महर्जनको जोडीलाई २१–२ र २१–१२ को सोझो सेटमा पराजित गरे । गण्डकीले तेश्रो स्थानमा चित्त बुझायो ।
बर्दियाको गुलरियामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा आर्मीले प्रदेश ३ लाई २१–७ र २१–१० तथा प्रदेश ३ ले गण्डकीलाई २१–१६ र २२–२० को सीधा सेटमा हराउदै फाइनल भेट पक्का गरे ।
आइतबारै तेश्रो स्थानका लागि भएको खेलमा प्रदेश ५ ले गण्डकीलाई २–१ ले पन्छायो । पुरुष डबल्सको फाइनल सोमबार हुनेछ ।