दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिला ४ गुणा ४ सय मिटर रिलेमा प्रदेश ५ का खेलाडीले खाली खुट्टा दौडिएर कास्य पदक जितेका छन् ।
दाङको बेलझुण्डिमा आइतबार भएको प्रतिस्पर्धामा खाली खुट्टा दौडिएर प्रदेश ५ ले कास्य जितेको हो । कमला जैसी, अरुणा रिजाल, पुजा चौधरी र पुर्णिमा खड्का रहेको प्रदेश ५ ले कास्य जितेको हो ।
दौडमा प्रदेश ५ कि कमलाले भने खाली खुट्टा दौडिएकी थिईन् । सिन्थेटिक ट्रयाकमा प्रयोग हुने स्पाइक भएको तर खेल्न असहज हुने हुनाले खाली खुट्टाले दौडिएकी हुन् ।
'पहिलो पटक यस्तो ट्रयाकमा दौडिएको हो । यस्तो ट्रयाक हुन्छ भन्ने थाहा थिएन,' कमलाले भनिन्, 'स्पाइक भएको जुत्ता थियो तर त्यो लगाएर खेल्ने बानी थिएन । अरु जुत्ताले गार्हो हुने भएकोले खाली खुट्टा दौडिएको हो।'
यस्तै कमलाले सिन्थेटिक ट्रयाकमा अभ्यास गर्न पाएको भए अझ राम्रो नतिजा ल्याउने बताईन् ।
यस अघि ५ सय मिटर र १५ सय मिटरमा अन्य जुत्ता लगाएर खेल्दा असहज भएकोले खाली खुट्टालेनै खेलेको उनले बताइन् ।
कास्य जित्ने क्रममा प्रदेश ५ ले निर्धारित दुरी ४ मिनेट १२ दशमलव ४९ सेकेन्डको समय निकाल्यो ।
यस स्पर्धामा आर्मीले स्वर्ण र एपीएफले रजत पदक जितेका छन् । आर्मीले निर्धारित दुरी ४ मिनेट ०२ दशमलब ४८ सेकेण्डमा पुरा गर्यो ।
यस्तै एपीएफले ४ मिनेट १३ दशमलब १४ सेकेण्डको समय निकालेको थियो ।