दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ५ हजार मिटर दौडमा एपीएफका गोपिचन्द्र पार्की र महिलातर्फ प्रदेश ३ की सन्तोषी श्रेष्ठले स्वर्ण जितेका छन् ।
दाङको बेलझुन्डीमा आइतबार पुरुषतर्फ निर्धारित दुरी १४ मिनेट ४४ दशमलब २३ सेकेन्डमा पुरा गर्दै गोपिचन्द्रले स्वर्ण जिते ।
रजत जितेका प्रदेश ६ का दुर्गा बुढाले निर्धारित दुरी १४ मिनेट ४६ दशमलब ५४ सेकेन्डमा पुरा गरे । यस्तै प्रदेश ४ का अनिश थापा मगरले निर्धारित दुरी १४ मिनेट ५७ दशमलब ०३ सेकेन्डमा पुरा गर्दै कास्य जिते ।
महिलातर्फ सन्तोषीले निर्धारित दुरी १६ मिनेट ३८ दशमलब ५३ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन् । रजत जितेकी आर्मीकी बिश्व रुपा बुढाले निर्धारित दुरी १६ मिनेट ४६ दशमलब ०३ सेकेन्डमा पुरा गरिन् ।
यस्तै निर्धारित दुरी १७ मिनेट ०३ दशमलब ७५ सेकेन्डमा पुरा गर्दै एपीएफकी बिन्द्रा धन्के श्रेष्ठले कास्य जितिन् ।