दाङ । एपीएफ क्लबका आशिष चौधरी र त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय खेलकुद अन्तर्गत २०० मिटर दौडमा स्वर्ण जितेका छन् ।
दाङको बेलझुन्डीमा शनिबार भएको २ सय मिटर दौडको पुरुषमा आशिषले आर्मीका अबिशेक चौधरी पछि पार्दै स्वर्ण जितेका हुन् । स्वर्ण जित्ने क्रममा आशिषले निर्धारित दुरी २१.८३ सेकेण्डमा पुरा गरे ।
रजतमा चित्त बुझाएका अबिशेकले निर्धारित दुरी २२.४६ सेकेण्डमा पुरा गरे । प्रदेश नम्बर ४ का प्रकाश राणा मगरले २२.५१ सेकेण्डसहित कास्य जिते ।
आशिषको यो लगातार दोस्रो स्वर्ण हो । यस अघि उनले १०० मिटरमा पनि स्वर्ण जितेका थिए ।
महिलातर्फ स्वर्ण जित्ने क्रममा सरस्वतीले निर्धारित दुरी २६.२३ सेकेण्डमा पुरा गरेकी थिईन् । सरस्वतीले यसअघि १ सय मिटरमा समेत स्वर्ण जितेकी थिईन् ।
प्रदेश नम्बर ५ की जय रानी चौधरीले निर्धारित दुरी २६.३६ सेकेण्डमा पुरा गर्दै रजत र आर्मीकी कृष्णा चौधरीले २६.६५ सेकेण्डको समय निकाल्दै कास्य पदक जितिन् ।