रुपन्देही । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको ५५ केजी तौल समूहमा रुपन्देही जिल्लाका सरोज सिंहले स्वर्ण जितेका छन ।
बुटवल ४ स्थित महेन्द्र सभा गृहमा झापाका हर्कबहादुर राईले रजत तथा कास्कीका मोती गुरुङले कास्यमा जिते । ६० केजी तौल समूहमा काठमाडौका आवाज प्याकुरेलले स्वर्ण जितेका छन । रुपन्देहीका सुनिल आले रजत पदकमा चित्त बुझाए भने कास्कीका मौलादिन मियाँले कास्य जिते ।
प्रतियोगिताको ६५ केजी तौल समूहमा झापाका चन्द्र लक्ष्मण लिम्बू प्रथम हुदै स्वर्ण जितेका छन । कास्कीका सुरेश लामा रजत तथा रुपन्देहीका अमित पंगेनी कास्यमा चित्त बुझाए ।
७० केजी तौल समूहमा काठमाडौका अनिल लाल श्रेष्ठले स्वर्ण जिते । झापाका रक्कि रिमाल दोश्रो हुदै रजत तथा रुपन्देहीका विजेन्द्रमान श्रेष्ठ तेश्रो हुदै कास्यमा चित्त बुझाए । प्रतियोगिताको ७५ केजीको तौल समूहमा त्रिभुवन आर्मी रमेश कार्की प्रथम हुदै स्वर्ण जितेका छन । सुर्खेतका सुरेन्द्र थापा दोश्रो हुदै रजत र रुपन्देहीका खेम चौधरी तेश्रो हुदै कास्यमा चित्त बुझाए । यसैगरि ८० केजी तौल समुहमा रुपन्देहीका चन्द्रमान श्रेष्ठ प्रथम हुदै स्वर्ण पदक जितेका छन । यसैगरि काठमाडौका कृष्ण महर्जन दोस्रो हुदै रजत तथा कास्कीका विनय परियार तेश्रो हुदै कास्यमा चित्त बुझाए ।
प्रतियोगिताको ८० प्लस केजी तौलसमुहमा काठमाण्डौका नरेश मालाकार प्रथम हुदै स्वर्ण हात पारेका छन । बाकेका सुनिल कुमार भाट दोस्रो हुदै रजत तथा रुपन्देहीका विष्णुृ निषाद तेस्रो हुदै कास्यमा चित्त बुझाएका छन । सात स्वर्णका लागि ५५ केजी देखि ८५ केजी प्लससम्मका ७ इभेन्टमा देशभरिकाबाट ४० जना खेलाडीले भाग लिएका थिए ।
एक कार्यक्रमका बिच प्रदेश नं. ५ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, सचिव राजकुमार श्रेष्ठले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।