सेपाकताक्रोमा प्रदेश ३ समूह विजेता
शनिबार, बैशाख ७, २०७६खेलपाटी संवाददाता

बाँके । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रोको महिला रेगुमा प्रदेश ३ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
दोहोरो जित हात पारेको प्रदेश ३ ले गण्डकीलाई २–० तथा प्रदेश ५ लाई २–० को सोझो सेटमा पराजित गर्यो ।
तीन टिम रहेको यो समूहबाट प्रदेश ४ ले प्रदेश ५ लाई २–० को सीधा सेटमा हराउदै उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो ।
समूह ‘बी’ को लिगमा आर्मीले प्रदेश १ लाई २–० ले पन्छायो ।
बर्दियाको गुलरियामा भइरहेको प्रतियोगिताको पुरुष रेगुमा सुदूरपश्चिम प्रदेशले प्रदेश ३ लाई र प्रदेश १ लाई समान २–१, प्रदेश ३ ले प्रदेश १ लाई २–० र आर्मीले प्रदेश ५ लाई २–० को सेटमा निराश पारे ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


