नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ह्यान्डबलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
नेपालगन्ज रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ४७–१० गोल अन्तरले पराजित गर्यो । आर्मीका निर्मल बाबुले ११ गोल गरेका थिए । कर्णालीका केशव विष्टले ५ गोल गरे ।
यस्तै गण्डकीले सुदूरपश्चिमलाई ४३–१५ गोल अन्तरले पराजित गर्यो । गण्डकीका लागि सन्तोषले ५ गोल गर्दै टिमलाई जित दिलाएका हुन् । सुदूरपश्चिमका बिकास विष्ट र सरोज सिंहले समान ५÷५ गोल गरे ।
त्यस्तै प्रदेश १ ले प्रदेश २ लाई २८–१४ र एपीएफले प्रदेश ३ लाई ३९–२३ ले पराजित गर्यो ।
महिलामा गण्डकीले प्रदेश ५ लाई २२–४ र प्रदेश ३ लाई १५–४, आर्मीले कर्णालीलाई ५४–२, सुदूरले प्रदेश २ लाई ७–२ तथा एपीएफले प्रदेश १ लाई २८–१० ले हराए ।
पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन् । पुरुषको १९ औं र महिलाको १० औं संस्करण हो । फाइनल बैशाख १० गते हुने छ ।