पोखरा। प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिताको उद्घाटन खेलमा टिम फाइभ र टिम निकेश भिड्ने भएका छन्।
पोखराको बाटुलेचौर मैदानमा मंगलबार बिहान साढे सात बजेबाट खेल सुरु हुनेछ। दोस्रो खेलमा टिम विशाल र अमिसी भिड्ने छन्। तेस्रो खेलमा पुन: निकेशले टिम चन्द्रसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
चौथो खेलमा मनाकामनाले अमिसीसँग प्रतिस्पर्धा गर्दा टिम चन्द्रले पाँचौं खेलमा टिम फाइनलसँग खेल्नेछ। दिनको अन्तिम खेलमा टिम विशालले मनाकामनासँग प्रतिस्पर्धा गर्नेछ।