नेपालगंज । आर्मीले आठौं राष्ट्रिय अन्तर्गत ह्यान्डबलमा दोहोरो जित हात पारेको छ । पुरुषमा आर्मीले प्रदेश ५ लाई ४२–१७ ले पराजित गर्यो ।
नेपालगन्ज रंगशाला परिसरको ह्यान्डबल मैदानमा भएको प्रतियोगिताको पुरुषमै गण्डकीले कर्णाली प्रदेशलाई ४०–१५ ले हरायो ।
नेपालगन्जको सदरलाइनस्थित जिल्ला प्रशासन कार्यालयमा भएको महिलाको प्रतिस्पर्धामा आर्मीले प्रदेश ३ लाई ३३–४ तथा प्रदेश ५ ले कर्णालीलाई १०–७ ले पन्छाए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच शुभारम्भ गरे ।
पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन् । पुरुषको १९ औं र महिलाको १० औं संस्करण हो । फाइनल बैशाख १० गते हुने छ ।