काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीमा नेपाल आर्मी च्याम्पियन बनेको छ । नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको फाइनलमा आर्मीले प्रहरीलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित ग¥यो ।
आर्मीबाट नरेन्द्र अधिकारी, प्रदीप राजवंशी, अमितकुमार श्रीवास्तव र दीपेन्द्र ऐरले गोल गरे ।
प्रहरीका केशवराज जोशीले मात्र गोल गर्न सफल भए ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो ।
११ औं मिनेटमा प्रदीप राजवंशीले आर्मीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा रोमन रानाले बराबरी गोल फर्काए । रोमनले प्रतियोगिताभर १५ गोल गरे ।
प्रदेश ५ ले प्रदेश ७ लाई ३–० गोलले हराउदै तेश्रो भयो । मनीष गुरुङ, शशि दर्लामी र रविकान्त कुमारले गोल गरे । प्रतियोगितामा ९ टिम सहभागी थिए ।
महिला स्पर्धाको उपाधिका लागि प्रदेश ७ र गण्डकी प्रदेश भिड्ने भएका छन् ।
प्रदेश ७ ले प्रदेश २ लाई ५–१ गोलले पराजित गर्दै फाईनल यात्रा तय गर्यो ।
विजेता टिमका लागि अन्जु गुरुङ र अनिता श्रेष्ठले २–२ तथा दमरा भट्टले १ गोल गरे ।
प्रदेश २ बाट मधुकुमारीले सान्त्वना गोल फर्काइन् ।
अर्को सेमिफाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले हरायो । गण्डकीका लागि देविका विकले निर्णायक गोल गरिन् । फाईनल खेल बिहिबार हुनेछ ।