कबड्डीमा आर्मीलाई दुई स्वर्ण
बुधबार, बैशाख ४, २०७६खेलपाटी संवाददाता
नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय कबड्डीको पुरुष र महिला दुवैमा आर्मीले स्वर्ण जितेको छ । सातौं राष्ट्रिय खेलकुदमा पनि पुरुष र महिला दुवैमा च्याम्पियन बनेको थियो ।
बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई ४२–२१ ले पराजित गर्यो । महिला फाइनलमा आर्मीले अर्को विभागीय टोली प्रहरीलाई ३६–२१ ले हरायो ।
चैत ३० गतेदेखि सुरु प्रतियोगिताको पुरुष र महिला दुवैमा समान १०–१० टिम सहभागी थिए ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


