स्वच्छ पानी बग्ने नदीमा कायकिङ गर्नुको मज्जा अलग छ । खासगरी गर्मी मौसममा आन्तरिक र बाह्य पर्यटकहरु यो खेलमा रमाउँछन् ।
र्याफ्टिङ संचालन हुने नेपालका ठुला नदीहरु भोटेकोशी, त्रिशुली, गण्डकी, कर्णाली, सप्तकोशी, अरुण लगायतका नदीमा कायकिङको रोमाञ्चकता लिन सकिन्छ ।
र्याफ्टिङका गाइडहरुले पनि पानीको धारमा कायक कुदाएको देखिन्छ। पछिल्ला दिनमा त कायकिङका अनेकौं प्रतियोगिता हुन थालेको छ । एकल कायक र कायक स्टन्ट विधाका प्रतियोगितामा सहभागीहरुले आफ्नो खेल कौशल देखाउँछन् ।
प्रतिस्पर्धा बाहेक पनि र्याफ्टिङ गर्दा सुरक्षाको लागी समेत कायाकलाई परिचालन गरिन्छ । र्याफ्ट दुर्घटना हुँदा वा र्याफ्टबाट कोहि नदीमा खसे कायक कै सहायताले नदीबाट बाहिर निकाल्ने गरिन्छ ।
भोटेकोशीमा र्याफ्टिङ स्टार रिसोर्टका कायकरहरु :
फोटो र प्रस्तुति - सरोज बस्नेत