घोराही । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलमा राष्ट्रिय टिमकी कप्तान समेत रहेकी सदीना श्रेष्ठको टोली प्रदेश ३ ले विजयी सुरुवात गरेको छ ।
दाङको घोराहीमा भएको प्रतियोगितामा प्रदेश ३ ले प्रदेश १ लाई ४८–१७ ले पराजित गर्यो । प्रदेश ३ को जितमा सदीनाले ११ अंक योगदान गरिन् ।
महिलामै एपीएफले प्रदेश ४ लाई ५०–३५, प्रदेश ७ ले प्रदेश ५ लाई ३९–१८ तथा नेपाल प्रहरीले आर्मीलाई ४७–३२ ले हराए । एपीएफकी प्रतीक्षा मगरले १८, प्रदेश ७ की अनिता भण्डारीले १० तथा आर्मीकी प्रीति तुलाचन र अनिशा मल्लले समान १३–१३ अंक जोडे ।
आठौं अन्तर्गत १६ औं राष्ट्रिय पुरुषमा प्रहरीले एपीएफलाई ७५–६८, आर्मीले प्रदेश ७ लाई ९०–४५, प्रदेश ३ ले प्रदेश ६ लाई १२८–२२ र प्रदेश १ ले प्रदेश २ लाई ६२–१८ ले पन्छाए ।