काठमाडौं । २०७२ सालको विनाशकारी भुकम्पले क्षति पुर्याएको देशको एक मात्रै अन्तराष्ट्रिय स्तरको दशरथ रंगलाशाको पुननिर्माण तिब्र गतिमा भईरहेको छ ।
गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको भुकम्पले दशरथ रंगशालालाई ठुलो क्षति पु¥यायो ।
भुकम्प पछिको दुई बर्ष सम्म पुननिर्माणको काम अघि बढ्न सकेन । तर नेपालमा आयोजना हुने तय भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागलाई केन्द्रित गरेर रंगशाला पुनर्निमाणको काम अन्तिम चरणको भईरहेको छ ।
निर्माण कम्पनीले रंगशालाको रेट्रो फिटिङको काम सकिएको जनाएको छ ।
अहिले आन्तरिक फिनिसिङ र ड्रेसिङ रुम तयार बनाउने काम अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद् राखेपका निर्माण शाखा प्रमुख अरुण उपाध्यायले खेलपाटीलाई बताएका छन् ।
‘अहिले आन्तरिक फिनिसिङ र ड्रेसिङ रुमको तयार बनाउने काम अन्तिम चरणमा पुगेको छ’ उनले भने ।
यस्तै रंगशालामा सेन्थेटिक ट्रयाक बनाउने काम सुरु भएको छ । करिब तीन महिना भित्र सो ट्रयाक बनिसक्ने चीनियाँ ठेकेदारको दाबी छ ।
राखेप निर्माण शाखा प्रमुख उपाध्यायले असोज मसान्तभित्र रंगशालाको सम्पुर्ण निर्माणको काम सक्ने जानकारी दिएका छन् ।
हेर्नुस फाेटाे फिचर
हेर्नुस भिडियाे ।