बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

प्याराग्लाईडिङमा ५५ खेलाडीले प्रतिस्पर्धा गर्ने

सोमबार, २५ चैत्र २०७५खेलपाटी संवाददाता
प्याराग्लाईडिङमा ५५ खेलाडीले प्रतिस्पर्धा गर्ने
mustang rice ad

पोखरा । आंठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङमा ५५ जना खेलाडीको सहभागिता रहने भएको छ ।

आठौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशको राजधानी पोखरामा बैशाख ६ गते बाट शुरु हुनेछ । नेपालको राष्ट्रिय खेलकुदको इतिहासमानै पहिलो पटक प्याराग्लाइडिङ खेल हुने भएको हो ।

कुल ६ वटा स्वर्ण पदकका लागि विभागिय टोली नेपाली सेना र प्रदेशका तर्फ बाट ४६ पुरुष र ९ महिला खेलाडी भिड्ने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का महासचिब शैलेन्द्र राउतले बताए ।

प्याराग्लाइडिङतर्फ दुई विद्या क्रस कन्ट्री र एक्यूरेसीमा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुष खेलाडी तर्फको एक्यूरेसीमा टिम एक्यूरेसी र ईन्डिभिजुअल एक्यूरेसी र क्रश कन्ट्री तर्फ टिम क्रश कन्ट्रि र इन्डिभिजुअल क्रश कन्ट्री संचालन हुने महासचिब राउतले बताए । यता महिला तर्फ भने इन्डिभिजुअल क्रश कन्ट्री र ईन्डिभिजुअल एक्यूरेसीमा खेलाडी भिड्ने छन ।

प्याराग्लाइडिङमा प्रदेश नं १ बाट ९ जना, प्रदेश ३ बाट ११ जना, गण्डकी प्रदेश बाट १३ जना, प्रदेश ६ बाट ४ जना र प्रदेश ७ बाट ४ जना रहेका छन भने विभागिय टोली नेपाल आर्मी बाट १४ जना रहेका छन । प्रदेश २ र ५ बाट भने प्याराग्लाइडिङमा कुनै पनि खेलाडी मैदानमा छैनन ।

यस पटक प्याराग्लाइडिङ प्रतिष्पर्धामा विभागिय टोली नेपाल आर्मीले पुरुषतर्फ १० र महिला ४ गरि १४ जनाको टिम तयार गरेको छ । नेपाल आर्मी बाट प्रतिष्पर्धामा रहेका पुरुष २ जना खेलाडी भने १८ औं एशियाडमा रजत पदक विजेता खेलाडी रहेका छन । एशियाड रजत पदक विजेता विशाल थापा र विजय गौतम भने नेपाल आर्मी बाट प्रतिष्पर्धामा उत्रने भएका हुन ।

यूवा खेलाडी यूकेश गुरुङ र शसिल गुरुङले गण्डकी प्रदेश बाट खेल्ने छन १८ औं एशियाडमा सहभागी महिला खेलाडी शबिता तामाङ, प्रतिभा भुजेल र त्रिशा श्रेष्ठ बमजन गण्डकी प्रदेश बाट नै सहभागिता जनाउने छन । तर एशियाड पदक विजेता तथा टिम कप्तान विमल अधिकारीले आठौं खेलकुदमा निर्णायकको भूमिकामा रहने महासचिब राउतले बताए ।

प्याराग्लाइडिङ खेल बैशाख ९ गते सम्म संचालन हुने छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया