काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले उमेर समुहका टिम तयार गर्न खेलाडी छनोट प्रक्रिया अघि बढाएको छ । देशभरबाट खेलाडी छनोट गरि निःशुल्क खान, बस्न र अध्ययनको सुविधा सहित एकेडेमीमा राख्न एन्फाले खेलाडी छनोट अघि बढाएको हो ।
एन्फाले १३ बर्ष भन्दा मुनीका युवा खेलाडीलाई छनोट गरि धरान र बुटवलको एकेडेमीमा राख्न ४८ जिल्लामा पहिलो चरणको छनोट कार्यक्रम सुरु गरेको जनाएको छ ।
यस्तै, एन्फाले एएफसी यु–१६ च्याम्पियनसिपको छनोट चरण खेल्ने नेपाली टिम समेत छनोट प्रक्रियाबाटै गठन गर्ने भएको छ ।
एन्फा एकेडेमीमा हुने छनोटका लागि जन्म मिति २०६२ साल पौष १७ गते भन्दा पछि र २०६३ पौष १६ गते भन्दा अगाडी हुनुपर्नेछ ।
यु–१६ उमेर समुहमा छनोटमा सहभागि हुन खेलाडीको उमेर २०५९ पौष १७ गते पछाडी र २०६० पौष १६ गते भन्दा अगाडी हुनुपर्नेछ ।
पहिलो चरणको छनोट १७ वटा जिल्लामा सुरु गरिनेछ । पुर्वको झापा, ईलाम, पाँचथर, धनकुटा, उदयपुर, सिराह, सप्तरी, सुनसरी, धनुषा, महोत्तरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र चितवनमा पहिलो चरणको छनोट कार्यक्रम सुरु गरिनेछ ।
जिल्लाका स्थानीय प्रशिक्षकको संलग्नतामा चैत ३०, २१ र २२ गते छनोट कार्यक्रम हुने एन्फाले जनाएको छ ।
एन्फाले जिल्ला छनोट प्रक्रिया अघि बढाउन आफ्ना ४५ जिल्ला र ३ अस्थायी जिल्लाको नाममा परिपत्र समेत जारी गरिसकेको छ ।