मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

आठौंको मिति नतोके स्वार्थ लुकेको सन्देश बाहिर जान्छ : दलजित श्रीपाली (अन्तरवार्ता)

शुक्रबार, १५ चैत्र २०७५खेलपाटी संवाददाता
आठौंको मिति नतोके स्वार्थ लुकेको सन्देश बाहिर जान्छ : दलजित श्रीपाली (अन्तरवार्ता)
Loading ad...
mustang rice ad

आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्वाधार निर्माणको काम अन्तिम चरणमा पुग्दा पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली नेपालगञ्ज भ्रमणमा पुगे । मुख्य रंंगशाला सहित आसपासका जिल्लामा बनेका भौतिक पुर्वाधार निर्माणको अवलोकन र निरिक्षण गरे । बनिरहेका संरचनामा आफैले श्रम खर्चिए । उनले बेल्चा उठाउनेदेखि ईटा बोकेका तस्विर समाजिक सञ्जालमा भाईरल बने । एक हिसाबले आठौं आयोजनाको अभियानमा उनले एक्यबद्वता जनाए ।

उनै श्रीपाली खेलकुदमन्त्री हुदाँ तत्कालिन मध्यपश्चिमको नेपालगञ्जले आठौं आयोजनाको अवसर पाएको हो । छोटो कार्यकालका लागि मन्त्रीमा नियुक्त भएको समय श्रीपालीले आफ्नै कार्यकालमा पाँच बर्षसम्म अबरुद्व रहेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गरेका थिए ।

उनी श्रीपाईलीसंग आठौ राष्ट्रिय खेलकुद आयोजनाको सकस, पुर्वाधार निर्माणको अवस्था र वृहत राष्ट्रिय खेलकुद आयोजनामा देखिने समस्याका बिषयमा खेलपाटीकर्मी हिमबिक्रम केसीले गरेको कुराकानी गरेका छन् ।

प्रत्येक दुई बर्षमा आयोजना हुने लक्ष्य राखिएको वृहत राष्ट्रिय खेलकुद किन समयमै आयोजना हुन सक्दैन ? पुर्व खेलकुद मन्त्रीको अनुभवमा यसको मुख्य कारण के हो भन्ने लाग्छ ?

पहिलो कुरा बजेट अनुसार समयमा पुर्वाधारको काम कार्यान्वयन गर्न नसक्नुनै हो । दोस्रो, नेपाली राजनीतिमा लामो समयसम्म अस्थिर सरकार बन्ने, फेरबदल हुने क्रम चलिरह्यो । त्यसको प्रभाव समेत राष्ट्रिय खेलकुदमा प¥यो भन्ने लाग्छ ।

तेस्रो कारण भनेको नेतृत्वको ईच्छा शक्तिनै हो । नेतृत्वले ईच्छा शक्ति देखाउन नसक्दा प्रतियोगिता निर्धारित समयमा हुन नसकेको देखिन्छ ।

अहिले हामी आठौं राष्ट्रिय खेलकुद आयोजनाको नजिक छौ । तपाई आफै प्रदेश पाँचका विभिन्न क्षेत्रका पुर्वाधार निर्माणको निरिक्षण समेत गर्नु भयो । पुर्वाधार तयारीको अवस्था के पाउनुभयो ?

आठौ पुर्वाधार निर्माणको गतिमा बढेको छ । चैतको अन्तिम सातासम्म सबै काम सकिने बताईएको छ । चैतको २५ गतेसम्म पुरा गर्न सक्छौ भन्ने साथीहरुको भनाई छ । सबै स्थानमा खेल्ने मिल्ने पुर्वाधार बनेका छन् । बाँकी कामलाई प्रतियोगिता पछाडी समेत पुर्णता दिन सकिन्छ ।

मुख्य कुरा, पुर्वाधार पुर्ण भएपछि मात्र खेल्ने भन्ने कुरा होईन । खेल्न योग्य मैदानमा खेल्ने हो । बाँकी कामलाई त्यसपछि पुर्णता दिन सकिन्छ । भौतिक पुर्वाधारहरु अलपत्र हुन्छन् कि भन्ने जुन आशंका छ, त्यसलाई बहुबर्षिय योजना अन्तर्गत राखेर पुर्णता दिन सकिन्छ ।

पुर्वाधारलाई अलपत्र बनाउनु हुदैन । बहुबर्षिय योजनामा राखिदिने र प्रतियोगिता सकिएपनि पुर्वाधारको काम पुरा हुदै जान्छ ।

आजको दिनमा आठौं राष्ट्रिय खेकलुद यसै बर्ष आयोजना गर्न सकिन्छ ?

सकिन्छ । मुख्य स्थान भनेको नेपालगन्जको रंगशाला हो । दिन रात खटेर काम भईरहेको छ । म आफैसमेत पुर्वाधार निर्माणको काममा सहभागि भएको थिए ।

नेपालगञ्जमै बसेर पुर्वाधार निर्माणको काममा श्रम गरेको थिए । किनभने नेपालगञ्जबासीलाई रंगशाला आफ्नै हो र हामी सबैको हो भन्ने सन्देश दिन चाहन्थे । मैलेपनि रंगशाला निर्माणमा आफ्नो पसिना मिसाएको छु । मैले योजना मात्र होईन, त्यो रंगशालामा श्रम मिसाएको छु भन्ने लाग्छ ।

मुख्य कुरा भिआईपी प्याराफिटको हो । अन्तिम हप्ता सम्म जडानको काम सकिने जानकारीमा आएको छ । मैदानमा काम गर्ने मान्छे रात दिन खटिएर लागेका छन् । अन्तिम सातासम्म मैदान तयार हुन्छ । खेल्नका लागि लायक बन्छ ।

पुर्वाधार तयार नभएको अवस्थामा प्रतियोगिता आयोजना किन आवश्यक भनेर प्रश्न उठिरहेको छ । यो कत्तिको जायज छ ?

यो जाहेज छैन । किनभने पहिलो राष्ट्रिय खेलकुददेखि मेरै नेतृत्वको सातौसम्म आईपुग्दा हामीसंग एउटा अनुभव छ । ती सबै प्रतियोगिता पुर्ण तयारीमा सम्पन्न गरेको हैन ।
पाँचौ राष्ट्रिय खेलकुद दशरथ रंगशालामा भएको हो । छैठौ धनगढीमा भयो । सातौ विराटनगरलाई केन्द्र मानेर गरेका थियौ ।

पुर्वाधार तयार भएपछि मात्र गर्नुपर्छ भनेको त्यो खेलै हुन नदिनु हो । त्यो नियतमै समस्या हो । सोही कारण पुर्वाधार बन्नुपर्छ । पुरा पछि समेत हुन सक्छ । तर खेलाडीलाई तोकिएको समयभित्र प्रतियोगिता आयोजना गरिदिनुपर्छ ।

हाम्रा विगतका नजिर हेर्दा, पुर्वाधार पुरा नभएर प्रतियोगिता आयोजना हुदाँ अन्तिममा सबै पुर्वाधार पुरा नभएर बिग्रिएर गएको अवस्था त देखिन्छ नि ?

बाहिरबाट हेर्ने मान्छेले आशंका गर्नु स्वभाविक कुरा हो । विगतमा छैठौसम्म आइपुग्दा खेल भब्यताका साथ सक्ने, हतारमा सक्ने र सकेपछि ती पुर्वाधार गौचरणमा परिणत भएको देखिएको छ ।

सरकारले पछाडी के गर्ने भन्ने बिषयमा निर्णय गरेन । तर मेरो पालामा त्यस्ता पुर्वाधारलाई बहुबर्षिय ठेक्का प्रणालीमा लैजाने निर्णय गरेको छु । बहुबर्षिय योजनामा राखेको छु ।

अब प्रतियोगिता पुरा भएपछि समेत पुर्वाधारको काम सकिन्छ । त्यसमा आशंका गर्नु स्वभाविक हो । तर विगतबाट शिक्षा लिएर त्यसको निर्णय गरिसकेको छु ।

प्रत्येक दुई बर्षमा आयोजनाको लक्ष्य राखिएको प्रतियोगिता नियमित रुपमा सक्ने हो भने २०७५ सालभित्र सक्नुपर्ने देखिन्छ । प्रतियोगिता आयोजनामा के समस्या छ भन्ने लाग्छ ?

आठौं राष्ट्रिय खेलकुद गर्न केही चिजको पनि अभाब छ जस्तो लाग्दैन । सरकारले जनतासंग बोलेको कुरा अकाट्य हुन्छ । बोली परिवर्तन गर्न सक्छ, तर जनतालाई के सन्देश दिने भन्ने प्रश्न आउँछ ।

दुई बर्षमा आयोजना गर्ने बाचा छ, त्यो असफल हुन्छ । त्यसैले दुई दुई बर्षमा आयोजनाको निरन्तरता दिने अवसर हो । ईतिहास रच्ने समेत अवसर हो । त्यो अवसर पाँच नम्बर प्रदेशलाई छ । देश संघियतामा गएपछि जुन नयाँ नेपाल र समृद्वि भनिएको छ ।

यो एउटा उदाहरण हुन सक्छ । सबै जना उत्साहका साथ राष्ट्रिय अन्तराष्ट्रिय सन्देश दिनका लागि सरकारको बाचालाई पुर्णता दिन समयमा काम गर्नुपर्छ । हेर्दा चुनौतीपुर्ण छ, सम्भावना समेत बोकेको छ ।

अब राखेप सदस्य सचिव ७५ सालमै प्रतियोगिता आयोजना हुने दाबी गर्नुहुन्छ । खेलकुदमन्त्री बैशाखको पहिलो, दोस्रो साता भन्दै सार्वजनीक अभिव्यक्ति दिनुभएको छ । सरकारका जिम्मेवार निकायबाट फरक फरक धारण सार्वजनीक भईरहेका छन् । यसलाई कसरी लिन सकिन्छ ?

अहिले म सरकारको जिम्मेवार भन्दा बाहिर छु । तर मलाई आठौं राष्ट्रिय खेलकुदको माया छ । इतिहास रच्ने अवसर हो । त्यसैले आठौ राष्ट्रिय खेलकुद समयमै सम्पन्न गर्नु पर्छ । हृदयदेखिनै म आफै लागि परेको छु ।

म भन्दा बढी अहिले जिम्मेवार तहमा रहनु भएका बाहालवाला व्यक्ति प्रतिबद्व हुनुपर्छ । खेलाडीमाथि अन्याय गर्नु हुदैन । सबै खेलाडी छनोट भएर बसेका छन् ।

भौतिक पुर्वाधार अन्तिम समयसम्म पुरा हुन्छन् । खेलाडी मात्र नभएर प्रदेश पाँचका बासिन्दा सबै उत्साहित हुन्छन् । यो भनेको देश र विदेशभित्र सन्देश दिने भन्ने कुरा हो । त्यसैले नेतृत्वकर्ता पछाडी हट्न हुदैन । ईतिहासले उहाँहरुलाई छुट दिदैन ।

सहतमा हेदाँ सदस्य सचिव र खेलकुद मन्त्रीको जुँगाको लडाईमा खेलाडीको भविष्य अन्यौलमा परेको देखियो नि ?

म कहिल्यैपनि ब्यक्तिलाई केन्द्रित भएर बोल्दिन । कुनै टिका टिप्पणी गर्न आवश्यक छैन । तर मुख्य कुरा राज्यको एउटा मुख्य ठाउँमा बसेर अभिभावकको भुमिका निर्वाह गर्ने जिम्मेवारी पाउनुभएको छ ।

उहाँहरुको क्षेत्र भनेको खेलक्षेत्र हो । खेल क्षेत्र भनेको युवाहरुको क्षेत्र हो । युवा भनेको देश विकासको व्यक्ति हो । कर्णाधार हुन् र आधुनिक शक्ति हुन् ।

राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सहभागि भएर खेलाडीले पदक हासिल गर्दा राष्ट्रले कति गौरव गर्छ भनेर उहाँहरुले अनुभव गर्नुभएको छ । त्यसैले उहाँहरु जिम्मेवार भएर सोच्न आवश्यक छ ।

आफ्नो ईच्छा आकांक्षा र व्यक्तिगत कुरा गर्नु हुदैन । किनभने जिम्मेवार क्षेत्रमा रहेको नेतृत्वले यस्ता कुरालाई कहिल्यै प्राथमिकतामा राख्दैन । उसले राष्ट्रको हित सोच्नुपर्छ ।

पछिल्लो उदाहरणलाई हेरेर खेलकुद क्षेत्रप्रति राज्य कहिल्यै जिम्मेवार भएन भनेर भन्न सक्छौ ?

सबै कुरा राज्यलाई मात्र दोष लगाउनु हुदैन । किनकी राज्यको काम भनेको योजना बनाउने र कार्यान्वयन गर्ने हो । अनुगमन र निरीक्षण गर्ने हो । संरक्षण गर्ने र त्यसबाट उपलब्ध भएका उपलब्धिको बिस्तार गर्ने हो ।

त्यसैले राज्यले जे निर्णय लिएको छ, आठौ राष्ट्रिय खेलकुद प्रदेश पाँचको मात्र गौरवको बिषय होईन । यो नेपाली जनता र नेपाल सरकारको उत्सव हो । जहाँबाट राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने, अन्तराष्ट्रिय जगतमा नेपालका लागि पदक प्राप्त गर्ने खेलाडी तयार गर्ने हो ।


चैत भित्रै प्रतियोगिता गर्नु पर्छ वा बैशाखको पहिलो सातामा समेत गर्दा हुन्छ ? तपाईंलाई के लाग्छ ?

अहिले मिसन आठौं भनिएको छ, त्यसको महत्व नै हराउँछ । खेल्न मिल्ने मैदान तयार भैसकेको छ, खेलाडी प्रतिस्पर्धा गर्न तयार भैसकेको छन् । सिंगो देशनै आठौं खेलकुदको लागी उत्साही भैरहेको छ । खेलाडी मैदानमा उत्रने बेला मैदानमा ताला लगाउनु हुदैन ।

त्यसैले मिसन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ समयमै सम्पन्न गर्नु पर्छ । दोश्रो कुरा, २०७६ मा हुने आठौंको कुनै उद्वेश्यआई अर्थ राख्दैन ।

अर्को भौतिक पुर्वधारको कुरा हामीसंग छन् । नीजि क्षेत्रको पुर्वाधार समेत हामी उपयोग गर्न सक्छौ । खेलाडीको निम्ती त्यो पनि गर्नुपर्छ । बन्दै गरेका पुर्वाधार समेत खेल्न योग्य छन् ।

चैत, बैशाखको गर्मीमा खेलाडीले खेल्न सक्छन् त ?

हो, अर्को कुरा मौसमको उठेको छ । खेलाडीलाई कुनै मौसमको सिमा रेखा हुदैन । मौसमलाई बाधक ठान्नु हुदैन । नेपालगन्जमा धेरै खराब मौसम पनि हुदैन । खेलाडीले विभिन्न देशमा खेल्दा फरक फरक मौसम हुन्छ ।

नेपालमा पनि खेलाडीले खेल्न सक्ने बाताबरण हुन्छ । नभए पनि साँझ बिहान गरेर खेलाउन सकिन्छ । त्यसैले आठौंको लागी भौतिक पुर्वधार र मौसम बाधक बन्दैन ।

खेलाडीलाई बन्द प्रशिक्षणना राखेर प्रतियोगिता खेलाउन त समय अपुग देखिन्छ नि ?

यो तालिका बनाएर गर्न पर्ने थियो । सार्वजनीक नगरिएको समेत हुन सक्छ । अब यति तयारी भईसकेको अवस्थामा प्रतियोगिता गर्न पर्छ । यदी गरिएन भने पक्कैपनि व्यक्तिगत होस वा सार्वजनीक स्वार्थ लुगेको सन्देश जानेछ ।

खेलाडीको हितमा काम गर्ने, अभिभावकत्व ग्रहण गर्ने हो भने समयले खासै असर गर्दैन् । जिल्ला, प्रदेश छनोट खेल्दा खेल्दै खेलाडी तयार भईसकेका छन् । जसले बन्द प्रशिक्षणको आवश्यकता नपर्ला । यसलाई लम्ब्याउने कोशिश कहि कतैबाट भए, समस्या छ भन्ने बुझ्न पर्छ ।

वृहत राष्ट्रिय खेलकुद २०७५ भित्र सुरु नभए के सन्देश प्रवाह हुन्छ ?

गलत सन्देश जान्छ । एउटा कुरा पश्चगामी भनेर जान्छ, पुरानैतर्फ फर्कियो भनेर जान्छ । दोस्रो कुरा यति धेरै तयारी हुदाँ समेत फेरी नेतृत्वले गल्ती ग¥यो भन्ने सन्देश जान्छ ।

तेस्रो कुरा कुनै पनि स्वार्थ लुकेका छन् भन्ने सन्देश जान्छ । त्यसैले खेलाडी र जनताको हितमा काम गर्ने हो भने मिति तोक्नुको विकल्प छैन । नेपाल सरकारको कार्यक्रम भएको कारणले किन ढिलाई भएको छ भनेर म आफै आश्चायमा छु । यसको जवाफ आज भोली नै दिनु पर्छ, नदिएर सुख पनि छैन ।

आठौं राष्ट्रिय खेलकुद आयोजनाको अवसर नेपालगञ्जलाई दिन किनै जोडबल गर्नुभयो । अन्तिममा केही भन्नु छ ?

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ नेपाल र नेपाली जनताको लागी खुसिलो कुरा हो, अवसरको कुरा हो । चुनौतीपुर्ण भए पनि नेपाल सरकार गरेको निर्णयलाई कार्यान्वयन गर्ने एउटा सुनैलो अवसर हो । खेलकुद जनताले गर्ब गर्ने र उत्सवको रुपमा हेर्ने मौका पाएका छन ।

अहिले प्रदेश पाँचको कला, संस्कृति, सामाजिक, भौगोलिक, पर्यटन लगायत सबै कुरा खेलकुद क्षेत्रले अगाडी ल्याउन मद्द्त गर्छ ।

त्यसैले प्रदेश पाँचका जनता मात्र नभएर सबै नेपालीले यसमा हातेमालो गर्नु पर्छ । आठौं मार्फत पाएको भौतिक पुर्वाधार र विकासमा सबैले गर्ब गर्नपर्छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी