काठमाडौं । प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् । आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडी पार्दै कृण्णले उपाधि जितेका हुन् ।
महाशविरात्रीको तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले आयोजना गरेको दौडमा सेनाकै खेलाडीको वर्चस्व रह्यो ।
म्याराथनमा पहिलो भएका कृष्णले निर्धारित दुरी २ घण्टा २० मिनेट ५१ सेकेन्डमा पुरा गरे । दोस्रो भएका राजनले २ घण्टा २८ मिनेट लगाए । तेस्रो भएका नवराजले २ घण्टा २५ मिनेट २९ सेकेन्डको समयमा निर्धारित दुरी पार गरे ।
उपाधिसंगै कृष्णले एक लाख २५ हजार सहित एक मोटरसाईकल प्राप्त गरे । दोस्रो भएका राजनले ६५ हजार र तेस्रो भएका नवराजले ३५ हजार प्राप्त गरे ।
हाफ म्याराथनतर्फ पुरुषतर्फ आर्मीकै कल्याण बाँनियाँ पहिलो भए । उनले निर्धारित दुरी १ घण्टा ६ मिनेट ३१ सेकेन्डमा पुरा गरे । दोस्रो भएका गजेन्द्र राईले १ घण्टा ६ मिनेट ३८ सेकेन्डको समय लगाए । तेस्रो भएका टिकाराज कट्वालले १ घण्टा ७ मिनेट २३ सेकेन्डको समयमा दुरी पार गरे ।
महिलतर्फ आर्मीकी विश्वरुपमा बुढा पहिलो भईन् । उनले निर्धारित दुरी १ घण्टा १७ मिनेट २० सेकेन्डमा पार गरिन । दोस्रो भएकी एपीएफकी बिन्द्रा देसारले निर्धारित दुरी पार गर्न १ घण्टा २६ मिनेट १२ सेकेन्डको समय लगाईन् । तेस्रो भएकी चन्द्रा रावतले निर्धारित दुरी १ घण्टा २१ मिनेट ३२ सेकेन्डरमा पार गरिन् ।
दुवै स्पर्धाका विजेताले ५० हजार, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
नेपाली आर्मीका अधिकृतको अन्तरिक १० किमी दौडमा महिलातर्फ रजनी अधिकारी पहिलो,संजिता केसी दोश्रो र पबित्रा अधिकारी तेश्रो भए । पुरुषतर्फ बिशालचन्द्र बाजी,मधु थापा र नवराजथापाक्रमशःपहिलो दोश्रो र तेश्रो भए ।
सोही अवसरमा आर्मीले पुर्व तीन खेलाडीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा एथलेटिक्सका राजेन्द्र भन्डारी, पारा एथलिटका विक्रमबहादुर राना र सुटिङका टिकाराम श्रेष्ठ रहेका छन् ।
विजेता खेलाडीलाई प्रधान सेनापति पुर्णचन्द्र थापा,गोल्छा अर्गनाजेशनका शेखर गोल्छालगायतले पुरस्कृत गरेका थिए ।