आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कराँते महासंघको पुनर्गठन, तदर्थ कमिटिमा लाखे र गुरुङ

बुधबार, १५ फाल्गुण २०७५हिम बिक्रम केसी
कराँते महासंघको पुनर्गठन, तदर्थ कमिटिमा लाखे र गुरुङ
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल कराँते महासंघको पुर्नगठन गरेको छ । लामो समय दुई समुहमा रहेका महासंघलाई एकिकृत गर्दै राखेपले कराँते महासंघको पुर्नगठन गरेको हो ।

राष्ट्रिय मान्यता र अन्तराष्ट्रिय मान्यताको दाबी गर्दै दुई वटा कराँते महासंघ अस्तित्वमा थिए । राष्ट्रिय मान्यता प्राप्त महासंघलाई दावा गुरुङ र अन्तराष्ट्रिय मान्यता प्राप्त महासंघलाई पुरेन्द्र बिक्रम लाखेले नेतृत्व गर्दै आएको थिए ।

युवा तथा खेलकुद मन्त्रालयले संघ संस्थाको विवाद समाधान गर्न राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्वमा गठन गरेको विवाद समाधान समस्या सहजीकरण समितिले दुवै महासंघलाई निर्वाचनमार्फत एक हुने बिषयमा सहमती जुटाएको हो ।

लामो समयदेखि विवादीत दुई संघलाई भंग गर्दै राखेपले सम्भु आचार्यको नेतृत्वमा २१ सदस्यीय तदर्थ कमिटि गठन गरेको छ । कमिटिलाई तीन महिना भित्र नयाँ नेतृत्वको निर्वाचन गराउन अख्तियारी दिईएको छ ।

निर्वाचन कमिटिको अध्यक्षमा आचार्यसंगै सह अध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्र बिक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह महासचिवमा ओमकृण्ण प्रसाई, सचिवमा वि आर मित्र र श्याम शेर्पा र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् ।

सदस्यमा छत्र आले, राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायण मगर, यादव काफ्ले, धोजमान मोक्तान, निवास गोपाल वैद्य, ध्रुव विक्रम मल्ल, तारा वली, दुर्गा गौतम, रवि महर्जन र मिङ्गमा तामाङ रहेका छन् ।

सन् २०११ मा तत्कालिन राखेप सदस्य सचिव केशवकुमार विष्टले दावा गुरुङ संयोजकत्वको नेपाल कराँते महासंघ पुनर्गठन गरेका थिए । गुरुङलाई राखेप र लाखेलाई ओलम्पिक कमिटिले मान्यता दिएपछि नेपाली कराँते निकै विवादीत अवस्थामा पुगेको थियो । सोही कारण राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा कराँतेको प्रर्दशन र नतिजा निकै खस्किदै आएको थियो ।

पुनर्गठन सभामा कसले के भने ?

दिपक श्रेष्ठ (अध्यक्ष,खेलाडी संघ)

दुवै महासंघ अस्तित्वमा हुदाँ ईन्चोन एसियाड र जाकार्ता एसियाडमा खेलाडी निकै पिडित भए । १७ एसियाडमा खेलाडीले खेल्न पाएनन् । छनोट भएका खेलाडी समेत खेल्नबाट बञ्चित हुन पर्यो । आठौं सागमा नेपालले कराँतेमा ईतिहास रचेको थियो । अब एकीकरण भएको महासंघले नेपालमै हुने १३ औ सागमा नयाँ ईतिहास रच्न सफल हुनेछ ।

Image may contain: 1 person

पुरेन्द्रबिक्रम लाखे (उपाध्यक्ष)

अब एकजुट हुनुको विकल्प छैन । नेपाल कराँते महासंघको पुनर्गठनले कराँते खेलको विकासमा ठुलो सहयोग गर्नेछ ।

Image may contain: 1 person

दावा गुरुङ (सह अध्यक्ष)

कराँतेले राष्ट्रिय प्रतिष्ठालाई उचो बनाउँदै अन्तराष्ट्रिय स्तरमा अग्रणी पदक दिदै आएको छ । कराँतेले नेपाली खेलकुदमा गरेको योगदानलाई रगत र पसिनाले सिञ्चित गरेर अघि बढाउनेछौ । कराँतेको मुख्य समस्या र कमजोरी भनेको यसमा हुने राजनीतिकरण हो ।

दुई, चार जना जुटाएर र छुटाएर अघि बढ्न सकिदैन भन्ने कुरा नेतृत्वले बुझ्नपर्छ । कराँतेलाई माया गर्ने, अघि बढाउने, सहि टुङ्गोमा पु¥याउने हो भने यसमा हुने राजनीतिकरणलाई बन्द गरिदिनुस ।

Image may contain: 1 person, closeup

सम्भु आचार्य (अध्यक्ष)

मेरो कारणले सर्वसम्मत निकास दिने शर्तमा अध्यक्ष हुन तयार भएको हु । म कुनै आस्था भिडाउने छैन । अब कराँतेलाई एकताबद्व बनाउने हो । कराँतको नयाँ नेतृत्वको छनोट गर्ने दिशामा तदर्थ कमिटिले काम गर्नेछ ।

Image may contain: 2 people, eyeglasses

केशवकुमार विष्ट (सदस्यसचिव, राखेप)

खेलकुदमा स्वर्ण युग भनेको थिए, अहिले स्वर्णकालको सुरुवात भएको लागेको छ । हिजो जुन समस्याबाट ग्रसित थियौ, त्यसबाट निकै अघि बढेका छौ । खेलकुद भित्रको विवादलाई समाधान गर्नपर्छ । नेतृत्वमा बसेका एक भएपछि खेलकुदको विवाद समाधानको प्रक्रिया अघि बढेको हो । कराँतेको नेतृत्वलाई अब राखेपले सबै बिषयमा सहयोग गर्नेछ ।

Image may contain: 3 people, closeup

कृण्णप्रसाद देवकोटा (सचिव)

कराँतेले अन्तराष्ट्रिस्तरमा नेपालको प्रतिष्ठा उ्रच्च बनाएको ईतिहास छ । धेरै पदक र धेरै खेलाडी भएको खेल कराँतेनै हो । त्यस कारण पुरानो साखलाई कराँतेले फिर्ता ल्याउन सफल हुनेछ भन्ने लागेको छ ।

Image may contain: 3 people, people sitting, eyeglasses and closeup

पिताम्बर तिम्सिना (उपाध्यक्ष, राखेप)

एकै प्रकृतिका दुईवटा संघ मिल्नेलाई मिलाउने हो, नमिल्नेलाई मिल्काउने हो । खेलकुदलाई सबै विवादीत बनाउने बिषयको अन्त्य हुदैछ । हामी नेपाली खेलकुदको भातमारा हुन चाहान्नौ, निकास दिन चाहन्छौ । खेलकुदमा कसको मान्छे भन्ने हेरिदैन, कस्तो मान्छे भन्ने हेरिन्छ । झण्डा र डन्डा हेरेर मुल्याङ्कन गरिने छैन । दुई तिहाईको सरकार भएका कारणले पारदर्शीतालाई आधार बनाएर खेलकुदलाई अघि बढाउने हो ।

Image may contain: 2 people, closeup

जिवनराम श्रेष्ठ (अध्यक्ष, एनओसी)

कराँतेको विकासका लागि दुवै महासंघका अध्यक्षले गरेको त्यागलाई सम्मान गछौ । विवाद समाधानमा सहज बातावरण बनाएकोमा धन्यवाद दिन चाहन्छौ ।

Image may contain: 1 person

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात