काठमाडौं । टर्कीको अन्ताल्यामा सम्पन्न आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडी र प्रशिक्षक नगदसहित सम्मानित भएका छन् ।
नेपाल तेक्वान्दो संघले सोमबार च्याम्पियनसिपमा कास्य विजेता खेलाडी बिक्रम श्रेष्ठ र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको हो ।
च्याम्पियनसिपमा बिक्रमले पुरुषको पी–३२ क्याटगोरीतर्फ एकल पुम्सेमा कास्य जितेका थिए ।
संघले कास्य विजेता बिक्रमलाई ३० हजार नगदसहित सम्मान पत्रले सम्मान गरेको हो । यस्तै प्रशिक्षक लामालाई १० हजार नगदसहित सम्मान गरेको हो ।
च्याम्पियनसिपमा सहभागी खेलाडी पलेशा गोवद्र्धन र नेपाली टोलीका व्यवस्थापक राम चन्द्र शाहलाई समेत प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
पदक विजेता खेलाडीलाई प्रोत्साहन गर्दै तेक्वान्दोमा हात पारेको सफलता सबैसामु पुर्रयाउन सम्मान गरेको कीर्तिमानी खेलाडी तथा संघका सदस्य दिपक बिष्टले खेलपाटीलाई बताए ।
'हामीले केहि सहयोगबिना नै यति सफलता हात पर्न सफल भयौं,' ओलम्पियन बिष्टले भने, 'राष्ट्रिय खेलकुद परिषद राखेप र सरकारको आर्थिक सहयोग पाए २०२० मा जापानमा आयोजना हुने ओलम्पिकमा पदक हात पार्नेमा म आशावादी छु ।'
कार्यक्रममा प्रमुख अतिथि राखेप सदस्य तथा प्रदेश ३ का संयोजक सुदिल शाहीले तेक्वान्दो खेललाई उच्च प्राथमिकतामा राखेको र सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा गरिब तथा जेहेन्दार खेलाडीलाई संघले खेल पोशाक समेत प्रदान गरेको थियो ।