नेपालले टस हार्यो, साउदी ब्याटिङमा
आइतबार, २१ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो तेस्रो खेलमा साउदी अरबसँग टस हारेको छ।
बायुमास क्रिकेट ओभलमा साउदी अरबका वाजी उल हसनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। योसँगै नेपाल बलिङमा उत्रिने भएको छ।
समूह ‘ए’मा रहेको नेपाल २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ। नेपालले यसअघि बहराइनलाई ७ र मलेसियालाई ६ विकेटले हराएको थियो।
साउदी भने प्रतियोगिताबाट बाहिरिसकेको छ। साउदी ३ खेलबाछ २ अंकसहित पाँचौं स्थानमा छ। साउदीले हङकङसँग १६ र मलेसियासँग ९३ रनको हार बेहोरेको थियो। बहराइनलाई भने १७ रनले हराएको थियो।
नेपालले यो खेल जितेमा हङकङसँग खेल्नुअगाबै सेमिफाइनलमा स्थान पक्का गर्नेछ।














-1788625802942.avif&w=3840&q=75)
