भुटान पुगे ग्यारी
आइतबार, ३१ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्वप्रशिक्षक ग्यारी फिलिप्स भुटानको पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
अन्तर्राष्ट्रिय फुटबलमा लामो अनुभव बोकेका फिलिप्ससँग एएफसी प्रो डिप्लोमा रहेको छ। उनले फिफा विश्वकप छनोट, एएफसी एसियन कप तथा एसियन कप छनोटजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षणको अनुभव हासिल गरेका छन्।
फिलिप्सले अस्ट्रेलियाको नेसनल लिगमा सिड्नी ओलम्पिकलाई च्याम्पियन बनाउन समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले मलेसियन सुपर लिग तथा प्रिमियर लिग, भियतनामको भी–लिग र फिलिपिन्स फुटबल लिगमा पनि प्रशिक्षण अनुभव बटुलेका छन्।
यसअघि उनी एसियन छनोटका क्रममा नेपाल महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षकसमेत रहेका थिए।





-1786939843966.webp&w=3840&q=75)






