पोर्चुगल ७–१ क्रोएसिया !

स्पेनिस क्लब रियल मड्रिडमा लामो समयसम्म एउटै टोलीबाट खेल्दै थुप्रै उपाधि जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिच फेरि एकपटक एउटै मैदानमा उत्रँदैछन्।
तर‚ यसपटक सहकर्मीका रूपमा होइन, प्रतिस्पर्धीका रूपमा आमनेसामने हुनेछन्। विश्वकपको राउन्ड अफ ३२ मा पोर्चुगल र क्रोएसियाबीचको बहुप्रतीक्षित खेल नेपाली समयअनुसार शुक्रबार बिहान ४:४५ बजे सुरु हुनेछ।
समूह चरणमा पोर्चुगल ‘के’ समूहको उपविजेता बनेर नकआउट चरणमा पुगेको हो। उसले एक जित र दुई बराबरीबाट पाँच अंक जोडेको थियो। यता, ‘एल’ समूहमा रहेको क्रोएसियाले दुई जित र एक हारसहित ६ अंक बटुल्दै उपविजेताका रूपमा दोस्रो चरणमा स्थान बनाएको थियो।
फिफा वरीयता र समग्र टोलीको क्षमताका आधारमा पोर्चुगललाई यस खेलमा केही बलियो मानिएको छ। पोर्चुगल १७६४.८६ रेटिङ अंकसहित विश्व वरीयताको आठौं स्थानमा छ भने क्रोएसिया १३औं स्थानमा रहेको छ।
दुवै टोलीबीच हालसम्म १० पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये पोर्चुगलले सात खेल जितेको छ भने क्रोएसियाले केवल एक खेलमा सफलता पाएको छ। बाँकी दुई खेल बराबरीमा सकिएका छन्।
दुई टोली पछिल्लोपटक सन् २०२४ नोभेम्बर १८ मा यूईएफए नेसन्स लिगमा आमनेसामने भएका थिए। उक्त खेल १–१ को बराबरीमा टुंगिएको थियो।













