पाकेटा घाइते
बिहिबार, १८ असार २०८३खेलपाटी संवाददाता

काठमाडौं। ब्राजिलका मिडफिल्डर लुकास पाकेटा तिघ्राको मांसपेशीमा चोट लागेका कारण घाइते भएका छन्।
जापानविरुद्ध सोमबार भएको विश्वकप समूह चरणको खेलको पहिलो हाफपछि उनी असहज महसुस गर्दै मैदानबाट बाहिरिएका थिए। त्यस खेलमा ब्राजिलले २–१ को जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो।
अब ब्राजिलले आइतबार अमेरिकाको न्यु जर्सीस्थित इस्ट रदरफोर्डमा नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिलियन फुटबल महासंघले मंगलबार पाकेटाको स्वास्थ्य परीक्षणपछि तिघ्राको पछाडिको भागको मांसपेशीमा चोट लागेको पुष्टि गरेको जनाएको छ।
२८ वर्षीय पाकेटाले ब्राजिलका लागि हालसम्म ६७ अन्तर्राष्ट्रिय खेल खेल्दै १३ गोल गरेका छन्। उनको चोटको गम्भीरता र मैदानमा फर्किने समयबारे भने महासंघले थप जानकारी सार्वजनिक गरेको छैन।









-1787661904658.jpeg&w=3840&q=75)


