ब्राजिल र नर्वेको भेट अन्तिम १६ मा
मंगलबार, १६ असार २०८३खेलपाटी संवाददाता

काठमाडौं। जापानविरुद्ध सानदार पुनरागमन गर्दै २–१ को रोमाञ्चक जित निकालेको ब्राजिलले विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
खेलको २९औं मिनेटमा पछि परेको ब्राजिलले उत्कृष्ट कमब्याक गर्दै जित हात पारेपछि अब उसको प्रतिद्वन्द्वी को हुने भन्ने प्रतीक्षा थियो। नर्वे र आइभरी कोस्टबीचको खेल सकिएसँगै ब्राजिलको अन्तिम १६ को प्रतिस्पर्धी टुंगो लागेको छ।
अन्तिम १६ मा पाँच पटकको विश्वविजेता ब्राजिलले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। नर्वेले डलास स्टेडियममा भएको खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै नकआउट चरणको अर्को यात्रा तय गरेको ट।
अब ब्राजिल र नर्वेबीच क्वार्टरफाइनल प्रवेशका लागि जुलाई ६ मा न्यू जर्सीस्थित स्टेडियममा प्रतिस्पर्धा हुनेछ। विजेता टोलीले विश्वकपको अन्तिम आठमा स्थान बनाउनेछ भने पराजित टोलीको यात्रा त्यहीँ समाप्त हुनेछ।













